उनी
आज म तिमीलाई उनको कथा भन्छु। विचित्र छन् उनी ! को हुन् उनी ? उनी, जसको लासलाई सिढी बनाएर कदम चालेउ तिमीले, जसको आदर्शमा टेकी लिपिमा रगत छरेउ तिमीले, उनी, जसको मर्यादाको चिहानमा आज तिम्रो दरबार उभिएको छ, जसको बिनम्र चित्रणमा तिम्रो मपाईंको भोग चढिएको छ। उनी, जसका लागि यथार्थले अपराधको मोड लिदैछ, जसले प्रारब्धमा बनाएको सिसाको महल, आज बिहानीको सुर्यको किरण संगसंगै टुट्दैछ। टुट्दैछ आज सपना तिम्रो हरेक कदममा। कस्तो कदम हो यो तिम्रो ? सभ्यता नै डगमगाउने ! उनका शब्द शब्दमा झल्किदैछ मानवताप्रतिको गुहार, बोल्दा बोल्दै पनि अबोध बन्न पुगिसकेको छ उनको चित्कार, "न्याय भोली" को आरम्भमा न्यायको बहिस्कार, आश्चर्यचकित यो तिम्रो कोमल माटोमा जननीको धिक्कार । उनी केवल हाँस्न सक्छन् ! तिमी सोध्छौ उनी किन हास्छन भनी ? त्यो घब्राहट को मुस्कान हो, विजयको बलिदान हो, त्यो हार मानेको मानिसको शान हो ! मस्तिस्कमा प्रलयको प्रतिबिम्ब गाँसेर हिँड्छन उनी, आफ्ना काला नयनले कालरात्रीको कल्पना गरि बस्छन्। सोच्छन उनी, सोच्...