ऊ

 


उसंग नरुझेको भए मलाई वर्षा कहाँ मन पर्थ्यो होला र?

आज पानी पर्दा जुन बताशले शितल छहारी दिन्छ,

त्यसको महत्व ऊ नभएको भए म सायद बुझ्थिन होला 

गहिराइ थियो उसको आवाजमा 

र मुस्कुराउदा हरेक रेखाले बनाएको चित्रमा म आफुलाई भेट्दछु, 

उसको हरेक गीतमा म आफुलाई सुन्दछु, 

उसको हरेक मुस्कानको कारण म बन्न पाए जस्तो लाग्छ,

आशयका दिप र उसका निर्मल बहारले लेखेको उपन्यासको छवि म नै हु जस्तो लाग्छ। 


आकाशलाई छोपी जब बादलले करुणाको यथार्थ दिन्छ, तब उसलाई सम्झन्छु म, 

चिसो बताशको न्यानोपनमा मुस्कुराएका गुलाबका थुंगा देख्दा उसलाई सम्झन्छु म, 

उसको हरेक बाचाले मेरै बर्णन गरे जस्तो लाग्छ, 

उसको हृदयमा मेरै बास भए जस्तो लाग्छ, 

मौन रही बसेका पलहरुमा उसकै बोली सुनिरहू जस्तो लाग्छ।   


समयको परिभाषा नहेरी मात्र डुल्न मन छ उसंग, 

लामो यात्रा काट्न मन छ, 

सहयात्री बनेर गन्तव्यमा हास्न मन छ, 

र बाच्न मन छ लेखिएका पानाहरु र खेलिएका खेलहरुमा।  


उसलाई भेट्दा थाहा पाएको जीवनको सत्य, 

आज असत्य बनी सपनाको यो संसारलाई बास्तविकता मानु जस्तो लाग्छ। 


Comments

Popular posts from this blog

11:11

Submerged

Witness

Snow

Bare