चीर हरण
फक्रिएका गुलाबको टुक्रिएका हाँसो,
अबोध चित्कारमा गाँसिएको सौन्दर्य,
विचलित तिथिका ती काला दिनहरु,
र निराश त्यो विश्वासको आध्यान्त।
पत्थरको दिलको अनौठो नम्रता
कालो नियतिको उदंड प्रेम,
अराजकता मुमूर्षाको,
र असत्य नियतिको तीतो सत्य।
खण्डित मुस्कानभित्रको पीडाबोध,
करुणा चोटको र हार अठोटको,
गिरेको शीरले भिरेको ताज,
र विशाल वास्तविकताको वाचाल अभिव्यक्ति।
अबोध चित्कारमा गाँसिएको सौन्दर्य,
विचलित तिथिका ती काला दिनहरु,
र निराश त्यो विश्वासको आध्यान्त।
पत्थरको दिलको अनौठो नम्रता
कालो नियतिको उदंड प्रेम,
अराजकता मुमूर्षाको,
र असत्य नियतिको तीतो सत्य।
खण्डित मुस्कानभित्रको पीडाबोध,
करुणा चोटको र हार अठोटको,
गिरेको शीरले भिरेको ताज,
र विशाल वास्तविकताको वाचाल अभिव्यक्ति।
पानाभित्रको आवाजको औदार्य,
गन्तव्यहीन सपनाको सुनौलो किरण,
औचित्य विरक्त संसारको,
र नि:शब्द हरेक प्रचारको रंग।
धिक्कारमा सजिएको जीवनको आख्यान,
मानवताको दोषले लुकेको गौरव,
आत्मियतासंग हारेको परमात्मा,
र झुकेको सोचमा लुकेको बोझ।
यथार्थ अन्त्य र सुरुवात कपटको,
बलात्कार नैतिकताको,
चीर हरण हुदैछ समाजको यहाँ,
तिम्रा श्री कृष्ण खै त ?
चीर हरण हुदैछ समाजको यहाँ,
तिम्रा श्री कृष्ण खै त ?
Comments
Post a Comment